Section 57
झुत्रो वा खोटो मुद्रा
(१) बैंकले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य बैंक नोट वा सिक्कासंग सटही गरिदिन सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले डिजाइन मेटिएको, च्यातिएको, बिकृत वा पचास प्रतिशत भन्दा बढी भाग नभएको बैंक नोट वा सिक्का सटही गर्न इन्कार गर्न सक्नेछ । (३)  बैंकले उपदफा (१) बमोजिमको बैंक नोट वा सिक्काको धनीलाई तोकिएबमोजिम क्षतिपुर्ति दिई वा नदिई त्यस्ता बैंक नोट वा सिक्का खिच्न वा नष्ट गर्न सक्नेछ । (४) हराएको वा चोरिएको बैंक नोट वा सिक्काको धनीलाई बैंकबाट सट्टाभर्ना पाउने हक हुने छैन । बैंकले कुनै मुआब्जा नदिई बाहिरी स्वरुप परिवर्तन गरिएको वा खोटो सिक्का वा नक्कली नोट जफत गर्नसक्नेछ । स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खोटो सिक्का” भन्नाले बैंकले निष्काशन गरेको सिक्काको नक्कल गरी टक मारेको, ढाली वा खोदी बनाएको नक्कली सिक्का वा बैंकबाट निष्काशन गरेको सिक्कालाई दुई वा दुई भन्दा बढी टुक्रा हुने गरी काटेको, फुटाएको वा सिक्कामा उल्लिखित अंक, अक्षर तथा चिन्ह मेटिएको सिक्का सम्झनु पर्छ ।